यू-१९ विश्वकप क्रीकेट: आज नेपाल र न्युजिल्यान्ड भिड्दै

धनगढी टुडे समाचार डेस्क

यू-१९ विश्वकप क्रीकेटमा नेपालले आज आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समयअनुसार १:४५ बजे
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा सुरु हुनेछ ।

advertisement


क्रीकेट इतिहासमा हालसम्म नेपाल न्युजिल्यान्डविरुद्ध अपराजित रहेको छ । नेपालले सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको थियो । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा रहेको छ । जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

advertisement