कञ्चन पब्लिक स्कुलले आयोजना गरेको सातौँ अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि पपुलर बोर्डिङ स्कुललाई

धनगढी टुडे समाचार डेस्क

कञ्चनपुरको पुनर्वास नगरपालिका-११ मा रहेको कञ्चन पब्लिक स्कुलले आयोजना गरेको सातौँ अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि पपुलर बोर्डिङ स्कुलले जितेको छ । सरस्वती पूजा तथा वसन्त पञ्चमीको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामामा पपुलर बोर्डिङ स्कुल प्रथम भएको हो ।

advertisement

यस्तै प्रतियोगितामामा पुनर्वास ५ मा रहेको गौरी शङ्कर माध्यमिक विद्यालय द्वितीय भएको छ भने आयोजक कञ्चन पब्लिक स्कुल तृतीय भएको छ । प्रतियोगितामा प्रथम भएको पपुलर बोर्डिङ स्कुलले नगद १२ हजार २ सय ५० नगदसंगै प्रमाणपत्र तथा ट्रफी समेत हात पारेको छ ।

advertisement

द्वितीय र तृतीयलाई क्रमशः ६ हजार २ सय ५० र ३ हजार २ सय ५० नगद सहित ट्रफी प्रमाण पत्र समेत प्रदान गरिएको आयोजक कञ्चन पब्लिक स्कुलका प्रिन्सिपल सुरेश अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामामा पुनर्वास नगरपालिकाका १५ र बेलौरी नगरपालिकाबाट १ गरी १६ विद्यालयको सहभागिता रहेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी निबर्तमान नगर प्रमुख जीवनराज थापाले पालिकामा विद्यार्थीहरुले प्रतिभा देखाउने किसिमको कार्यक्रम नहुने भएकाले उनीहरुको क्षमता प्रस्फुटन हुन नसककेको बताउनुभयो । पुनर्वास आफैमा खेलकुदको हब मानिने भए पनि नृत्य, गायन, कलाकारीता जस्ता विधाहरुमा अघि आउन नसकेको उहाँले बताउनुभयो । कञ्चन पब्लिक स्कुलको आयोजनामा भएको नृत्य प्रतियोगीताले विद्यार्थीको हौसलासंगै फरक लयमा कार्यक्रमहरु आयोजना
हुँदा विद्यालयहरुमा पनि नुत्य गायन कलाकारीता सिक्न सिकाउन आवश्यक रहेको बुझीएको बताउनुभयो ।

प्रतियोगिताको निर्णायकमा नाट्यस्वरी कला केन्द्रका प्रमुख त्रिबेन्द्र कर्ण, वान वे डान्स एकेडेमी अत्तरीयाका प्रमुख नरेश वि.क. र द फंकी डान्स एण्ड जुम्बा स्टुडियोका प्रमुख सन्तोष अवस्थी रहनु भएको थियो ।