धनगढी, ३ बैशाख । भारतीय राजदुतावासले धनगढी उपमहानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दुतावासले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले धनगढी उपमहानगरपालिकाको आमा बचाउ कार्यक्रमका लागि टाईप ‘बी’ एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
अर्थमन्त्री पुनले धनगढी उपमहानगरपालिकाकी स्वास्थ्य शाखाकी प्रतिनिधि गीता रिजाल भट्टलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।