धनगढी, ३ बैशाख । धनगढी उपमहानगरपलिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई अध्यापन अनुमति पत्र नभएका शिक्षकलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको छ । उपमहानगरपालिकाले आइतबार सामाजिक सन्जाल फेसबुक मार्फत यस्तो अनुरोध गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाई, कैलाली, अख्तियार दुरुपयोग अनुसंधान आयोग, काठमाडौं र अख्तियार दुरुपयोग अनुसंधान आयोग, कंचनपुरको लिखित निर्देशन अनुसार यस्तो अनुरोध गरिएको उपमहानगरपालिकाले जनाएको छ । विद्यालयमा अध्यापन अनुमति पत्र नभएका शिक्षकहरु भए निजलाई आवश्यक प्रक्रिया पूरा गरि अवकाश गराउन समेत अनुरोध गरेको छ । साथै त्यस्को विवरण बैशाख १० गते सम्म बुझाउन पनि उपमहानगरपालिकाले म्याद तोकेको छ ।
साथै अब उप्रान्त शिक्षा सम्बद्ध ऐन कानुन र प्रचलित नेपाल कानुन विपरीत हुने गरि शिक्षक कर्मचारी भर्ना नगर्न नगराउनु हुन समेत जानकारी गराएको छ ।
हेर्नुहोस पत्र