बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

धनगढी टुडे समाचार डेस्क

धनगढी, १७ बैशाख। उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन् ।

advertisement

एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले ११‍ हजार ३४६ मत प्राप्त गरेका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ९६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१३ मत प्राप्त गरेका छन् । सो क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असारमा दुर्घटनामा परी मृत्यु भएपछि यहाँ यही वैशाख १५ गते उपनिर्वाचन भएको हो ।

advertisement