प्रवासमा डुङ्गा डुब्दा ३९ जनाको मृत्यु

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २९ जेठ । यमनमा आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा ३९ जनाको ज्यान गएको छ । अफ्रिकाबाट झन्डै
२०० जना आप्रवासी बिकेको डुङ्गा डुब्दा कम्तिमा ३९ जनाको मृत्यु भएको हो ।

advertisement

साथै एक सय ५० बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार गरिएको बताइएको छ । प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् । अप्रिलमा, दुई डुङ्गाहरू जिबूतीको तटमा दुई हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो ।

आइओएमले यस वर्ष समावेश नगरी सन् २०१४ देखि आप्रवासन मार्गमा कुल १ हजार तीन सय ५० जनाको मृत्यु भएको जनाएको छ । सन् २०२३ मा मात्रै, यसले समुद्रमा हराएको एक सय पाँच सहित मार्गमा कम्तिमा छ सय ९८ जनाको मृत्यु भएको बताएको छ ।

advertisement