डिडिसीले दुधको पैसा रोकेपछि पुनर्वास सहकारीद्वारा हातमा कालोपट्टी बाँधेर विरोध

धनगढी टुडे समाचार डेस्क

पुनर्वास, २८ जेठ । पुनर्वासका किसानले सहकारी मार्फत बिक्रि गरेको दुधको रकम लामो समयदेखि भुक्तानी पाएका छैनन् ।
दुग्ध विकास संस्थान (डिडिसी) ले पौष महिनादेखि दुधको भुक्तानी रोकेपछि सोमबार पुनर्वास सहकारीका कर्मचारी तथा पदाधिकारीहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् ।

advertisement

सहकारीले किसानलाई दुधको भुक्तानी दिन नसकेको सहकारीका व्यवस्थापक एककुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठले यस अघि किसानलाई महिनामा दुईपटक दुधको भुक्तानी दिने गरेको बताए ।

त्यस्तै सहकारीका अध्यक्ष भरतबहादुर बिष्टले डिडिसीका कारण किसानलाई मार्का पर्न थालेको बताए । दुग्ध सहकारीको केन्द्रैबाट आन्दोलनका कार्यक्रमहरु सार्वजनिक भएको र हामी पनि आजबाट निरन्तर रुपमा विरोधको ऐक्यबद्धता जनाउँदै हातमा कालोपट्टी बाँधेर सुरुवात गरिएको उनको भनाई छ ।

advertisement

पुनर्वासको शिवशक्ति दुग्ध सहकारी,पुनर्वास सहकारी,शुभेच्षा पशुपालन सहकारी र पृथ्वीबस्तु पशुपालन सहकारीबाट मात्रै महिनामा झण्डै ४० हजार लिटर दुध संकल गरी डिडिसीले उठाउँदै आएको छ ।