आइसिसी ट्वान्टी-२० विश्वकप: दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाल एक रनले पराजित

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, १ असार । आइसिसी ट्वान्टी-२० विश्वकप क्रीकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको रोमाञ्चक खेलमा नेपाल पराजित भएको छ । आज शनिबार बिहान सम्पन्न खेलमा नेपालले एक रनले पराजित भएको हो । योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ ।

advertisement

सुपर एटमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह डी मा चार खेलबाट आठ अंक जोडेको छ । नेपालले तीन खेलबाट एक अंक जोडेको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो ।

नेपालसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

advertisement