काठमाडौं, ८ साउन । बागमतीको मुख्यमन्त्रीमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त भएका छन् ।
नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज (मंगलबार) मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी नेपालको संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमतीमा कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको हो । यसअघि आज बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।