गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा नौ यात्रु घाइते

धनगढी टुडे समाचार डेस्क

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् ।

advertisement

धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुल नजिक रूख ढल्दा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेका प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।भने

रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरूद्ध बनेको थियो । अहिले दुई तर्फी रुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।

advertisement