सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

धनगढी टुडे समाचार डेस्क

धनगढी, १६ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोडारीले साउन १८ गते विश्वासको मत लिने गरी तयारी गरीरहेका उनका स्वकीय सचिव दीर्घ जाशीले बताए ।

advertisement

मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक आव्हान गरेका छन् ।

राजनीतिक समीकरण फेरिएर एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका हुन् । नेपालको संविधान अनुसार मुख्यमन्त्रीले अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

advertisement

सुदुरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । तर अहिले मुख्यमन्त्री सोडारीलाई नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जनाको मात्र समर्थन रहेकोछ ।