धनगढी, ३ भदौ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा नवौं गौरा महोत्सव हुने भएको छ । धनगढी उपमहानगरपालिका-१ मा रहेको खुला मञ्चमा भदौ ८, ९ र १० गते गौरा महोत्सव सञ्चालन गरिने सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशीले बताए ।
हरेक वर्ष गौरा पर्वको महत्व झल्किने गरी आयोजना हुँदै आएकोमा यस वर्ष पृथक तरिकाले आयोजना गर्न लागिएको उपकुलपति जोशीले पत्रकार सम्मेलनमा बताए । “डेउडा समुदायलाई मात्रै केन्द्रित नगरी विद्यालय स्तरीय डेउडा प्रतियोगिता पनि समावेश गरिएको छ ।” डेउडा प्रतिष्ठानका अध्यक्ष दल बहादुर बोगटीले बताए ।
डेउडा प्रतियोगितामा प्रथम हुनेलाई नगद रू. ११ हजार १ सय ११, द्वितीय हुनेलाई रु. ७ हजार ७ सय ७७, तृतीय हुनेलाई रु. ५ हजार ५ सय ५५ र सान्त्वना हुनेलाई रु. ३ हजार ३ सय ३३ सहित प्रमाणपत्र प्रदान गरिने डेउडा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम विवश चन्दले बताए ।