धनगढी, २५ भदौ । कैलालीको धनगढीमा सांस्कृतिक महोत्सव हुने भएको छ । राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा महोत्सव असोज तीन गतेदेखि आठ गतेसम्म धनगढीमा हुने भएको हो ।
आज (मंगलबार) धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले कार्यक्रम धनगढीको खुला मञ्चमा आयोजना गरिने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निलगगन सिंहले महोत्सवमा ख्याति प्राप्त कलाकारकारको उल्लेख्य उपस्थिति रहने बताए ।
महोत्सवबाट संकलित रकमबाट राष्ट्रिय संगीत कर्मी गोपाल सुचिकारका छोराको उपचारमा सहयोग गरिने जनाइएको छ । महोत्सवमा प्रवेशका लागि रु. एक सय टिकट मूल्य तोकिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट दिने समेत आयोजकले जनाएको छ ।