धनगढीः कैलालीको धनगढीबाट चितुवाको छाला र चरेससहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिकाको शहीदगेट नजिकैको एक होटलबाट विशेष सूचनाका आधारमा प्रहरी सहायक हबलदारसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा कार्यरत प्रहरी सहायक हबलदार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढिगंगा नगरपालिका–१० का ३० वर्षीय हेमराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकि रहेको जनाइएको छ ।