धनगढी, १३ भदौ । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई कैलाली उद्योग वाणिज्य संघले ७ बुंदे ज्ञापन पत्र बुझाएको छ । गौरी फन्टा नाकाको स्तरोन्नती तथा चिनको नाकालाई व्यवस्थित गरी खुलाउन लगाएतका माग गर्दै संघले आज धनगढीको देउवा निवासमा ७ बुंदे ज्ञापन पत्र बुझाएको हो ।
कैलाली उद्योग वाणिज्य संघका अनुसार आफ्ना मागहरु कार्यान्वयन भए सुदूरपश्चिम प्रदेशमा रोजगारी बढनुका साथै पर्यटन, शिक्षा, स्वास्थ्य तथा उद्योग कलकारखाना र चिनदेखि भारतसम्मको व्यापार बढ्नुका साथै सुदूरपश्चिम सम्पन्न हुने बाटो खुल्ने विश्वास रहेको छ ।