धनगढी, २१ असोज । बहुप्रतिक्षित रुपमा हेरिएको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम प्रदेशका २३ खेलाडीमा बोली लागेको छ । आइतबार काठमाण्डौंमा सम्पन्न अक्सनमा लिगमा आवद्ध ८ टिमले विभिन्न क्याटागोरीमा सुदूरपश्चिमका २३ खेलाडीलाई टिममा भित्र्याएको छ । जसमध्ये क्याटागोरी ए अन्तर्गत ३ खेलाडीमा बोली लागेको हो भने क्याटागोरी बी मा ७ खेलाडी समावेश छन । त्यस्तै क्याटागोरी सी मा ९ खेलाडी समावेश हुँदा क्याटागोरी डीमा ४ खेलाडीले स्थान पाएका छन । सुदूरपश्चिमबाट नियमित खेल्दै आएका र राम्रो प्रर्दशन गर्दै आएका लगभग सबै खेलाडीहरुले नेपाल प्रिमियर लिगमा स्थान पाएका छन । क्रिकेटको उर्वर भूमिको रुपमा रहेको सुदूरपश्चिमबाट उमेर समूह र महिला क्रिकेटरको पनि वर्चोश्व छ ।
को कहाँ आबद्ध छन ?
विराटनगर किङ्सले सुदूरपश्चिम प्रदेशका ३ खेलाडीलाई अक्सन मार्फत टिममा समावेश गरेको छ । जसमध्ये क्याटागोरी ए मा लोकेश बम १५ लाख, क्याटागोरी सी मा दिपक बोहरा ५ लाख र क्याटागोरी डी नरेन भट्ट २ लाख रहेका छन । विराटनगर किङ्सको मार्कि खेलाडीमा राष्ट्रिय टिमका स्टार खेलाडी संदिप लामिछाने रहेका छन ।
चितवन राइनोज
चितवन राइनोजले सुदूरपश्चिम प्रदेशका ३ खेलाडीलाई अक्सन मार्फत टिममा समावेश गरेको छ । जसमा क्याटागोरी बी अन्तरगत कमल सिंह ऐरी १० लाख र बिपिन रावल ८ लाख त्यसैगरी क्याटागोरी सी अन्तरगत दिपक बोहरा ५ लाखमा अनुबन्ध गरेको छ । चितवन राइनोजको मार्कि खेलाडी राष्ट्रिय टिमका सदस्य कुशल मल्ल रहेका छन ।
जनकपुर बोल्टस
जनकपुर बोल्टसले सुदूरपश्चिम प्रदेशका २ खेलाडीलाई अक्सन मार्फत टिममा समावेश गरेको छ । जस्मध्ये क्याटागोरी सी अन्तरगत शेर मल्ल र हेमन्त धामीको लागि ५÷५ लाख खर्च गरेको छ । जनकपुर बोल्टसको मार्कि खेलाडी राष्ट्रिय टिमका सदस्य आसिफ शेख रहेका छन ।
कर्णाली याक्स
कर्णाली याक्सले सुदूरपश्चिम प्रदेशका एकमात्र खेलाडीलाई अक्सन मार्फत टिममा समावेश गरेको छ । उस्ले अनुभवी भुवन कार्कीलाई क्याटागोरी सी रु.५ लाख मा टिममा समावेश गरेको छ । कर्णाली याक्सको मार्कि खेलाडी राष्ट्रिय टिमका सदस्य सोमपाल कामी रहेका छन ।
काठमाण्डौं गोर्खाज
काठमाण्डौं गोर्खाजले सुदूरपश्चिम प्रदेशका २ जना खेलाडीलाई अक्सन मार्फत टिममा समावेश गरेको छ । उस्ले क्याटागोरी ए अन्तरगत भिम सार्की १५ लाख र क्याटागोरी डी राजु रिजाल २ लाखमा अनुबन्ध गरेको हो । काठमाण्डौं गोर्खाजको मार्की खेलाडीको रुपमा राष्ट्रिय टिमका सदस्य करण केसी रहेका छन ।
लुम्बिनी लायन्स
लुम्बिनी लायन्सले सुदूरपश्चिम प्रदेशका ३ जना खेलाडीलाई अक्सन मार्फत टिममा समावेश गरेको छ । उसले क्याटागोरी ए मा संदिप जोरा १५ लाख, क्याटागोरी सी अर्जुन साउँद ५ लाख र क्याटागोरी डी मा विकास आग्रीलाई २ लाखमा अनुबन्ध गरेको छ । लुम्बिनी लायन्सको मार्की खेलाडीमा वर्तमान राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल रहेका छन ।
पोखरा एभेन्जर
पोखरा एभेन्जर सुदूरपश्चिम प्रदेशका ४ जना खेलाडीलाई अक्सन मार्फत टिममा समावेश गरेको छ । चारै जना खेलाडी बी क्याटागोरीका रहेका छन । जसमध्ये आकास चन्द ११ लाख पचास हजार,किरण कुमार ठगुन्ना १० लाख,नारायण जोशी १० लाख र दिलिप नाथ १० लाखमा टिममा अनुबन्ध भएका हुन । पोखरा एभेन्जरको मार्की खेलाडी राष्ट्रिय टिमका सदस्य कुशल भुर्तेल रहेका छन ।
सुदूरपश्चिम रोयल्र्स
सुदूरपश्चिम रोयल्र्सले नेपाल प्रिमियर लिगको अक्सनन मार्फत अनफ्नो प्रदेशका ४ खेलाडी समावेश गरेको छ । जसमा क्याटागोरी बी बिनोद भण्डारी १० लाख,क्याटागोरी सी खडक बोहोरा र नरेश बुढाऐर बोहरा ५ / ५ लाख,क्याटागोरी सी मै भोजराज भट्ट रु ४ लाख ५० हजार र क्याटागोरी डी नरेन साउँद २ लाखमा अनुबन्ध भएका हुन । सुदूरपश्चिम रोयल्र्सको मार्की खेलाडीको रुपमा यसै प्रदेशका खेलाडी राष्ट्रिय टिमका मुख्य सदस्य दिपेन्द्र सिंह ऐरी रहेका छन ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ ।
नेपाली खेलाडी छनोटका लागि आज अक्सन मार्फत प्रत्येक टिमले १०/ १० खेलाडी गरी ८० खेलाडीमा बोली लगाउँदै आ-आफ्रनो टिममा समावेश गरेको छ । केहिदिन अघि मात्रै सहभागी आठ वटै टिमले मार्की खेलाडी अक्सन मार्फत नै भित्र्याएका थिए । उनीहरुको अधिकतम मुल्य २० लाख राखिएको थियो । विदेशी खेलाडी भने टिमहरुले सिधै अनुबन्ध गर्न सक्ने क्यानले जनाएको छ । हरेक टिमले ४/ ४ जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन । नेपाल प्रिमियर लिगलाई नेपाल क्रिकेट संघ क्यानले मेघा ईभेण्टको रुपमा लिएको छ ।
साभार: समर्पण मिडिया