इङ्ल्यान्डमाथि नेपालको ६ विकेटको जित

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, १६ कार्तिक । कप्तान सन्दीप जोराको आक्रमक अर्धशतकसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । आज (शुक्रबार) बिहान भएको खेलमा नेपालले इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।

advertisement

इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई ९९ रन बनायो ।

कप्तान सन्दीपले आक्रमक ब्याटिङ गरे । १२ बल खेलेका उनले तीन चौका र ६ छक्कासहित ५० प्रहार गरे । उनी अविजित रहे। जारी प्रतियोगितामा यो नै पहिलो अर्धशतक हो ।

advertisement

५० रन बनाएसँगै रिटायर्ड हर्ट हुनुपर्ने नियमअनुसार उनीले कृज छाड्न परेको थियो । तर, त्यसपछि आएका रशिद खानले पाँच बलमै दुई चौका र दुई छक्कासहित अविजित २१ रन बनाएपछि नेपालको जित पक्का भएको हो ।

सन्दीपसँगै ओपनिङमा उत्रिएका लोकेश बमले पनि अविजित रहँदै ११ बलमा एक चौका र दुई छक्कासहित २० रन बनाए ।

त्यसअघि मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको थियो ।

रवि बोपराले सर्वाधिक ४९ रन बनाए । १२ बल खेलेका उनले सात छक्का र एक चौका प्रहार गरे । समित पटेल ३९ रनमा आउट हुँदा इङ्ल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई विकेट लिए । नारायण जोशी र लोकेश बमको नाममा समान एक विकेट रह्यो ।