क्रिकेटमा नेपालद्वारा माल्दिभ्सलाई २१३ रनको विशाल लक्ष्य

धनगढी टुडे समाचार डेस्क

काठमाण्डौ : एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ।

advertisement

आइतबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोड्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। उनले  २७ बलमा समान ३-३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे।

advertisement

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे। कुशल मल्लले नटआउट ४७ रन जोडे। मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए।

नेपालका ओपनर कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रनमा म्युभानको बलमा एलबिडब्लूको शिकार बने। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए। विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।

बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए। नासीर,म्युभान र थोलालले समान १-१ विकेट लिए |

यसअघि नेपालले आफ्नो पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो। आजको खेलमा नेपालले जित निकाल्न सके  क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गर्नेछ। क्वार्टरफाइनलमा भारत, पाकिस्तान, बंगलादेश वा श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा हुनेछ।