हैदराबादद्वारा राजस्थान १ रनले पराजित

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २१ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

advertisement

गए राति भएको खेलमा घरेलु टोली हैदराबादले राजस्थानलाई १ रनले पराजित गरेको हो । हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय रनमात्र बनाउन सक्यो ।

यो जितपछि हैदराबाद १० खेलमा १२ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ ।

advertisement