धनगढी, पुस १ । धनगढीमा सञ्चालन भइरहेको १८औं संस्करणको सुदूरपश्चिम महोत्सवको अवधि ४ दिन थप गरिएको छ । मंसिर २२ गतेबाट सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भएपनि दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको महोत्सव सचिवालयले जनाएको छ ।
महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले दर्शकको मागलाई मध्यनजर गर्दै ४ दिन थप गरिएको बताए । उनले ४ दिन थप गरेर पुस ६ गते शनिबार समापन गरिने जानकारी दिए ।