धनगढी, ४ असार । कैलालीको धनगढी-१६ स्थित धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा मेलामा एक जनाको मृत्यु भएको छ । मेलामा सञ्चालन गरिएको होटलमा काम गर्ने करिव ४९ वर्षीय बलराम मगरातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आज (मंगलबार) दिउँसो २ बजेतिर मगराती बेहोस भएका थिए । बेहोस भएका मगरातिलाई उपचारका लागि सेती प्रदेशीक अस्पताल धनगढीमा उपचारका लागि ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
अत्यधिक गर्मीका कारण मृत्यु भएको अनुमान गरिए पनि पोष्टमार्टम रिपोर्ट नआएकाले मृत्युबारे एकिन भन्न नसकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।