पोखरा, २५ पुस । पोखरा महानगरपालिका-१६ दिपहाउजिङ नजिकै रहेको सेती नदीको ड्यामबाट खसेर एक युवकको मृत्युु भएको छ । मृत्यु हुनेमा धनगढी-१८, फूलबारी, कैलाली स्थायी घर भई हाल पश्चिममाञ्चल ईन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत २१ वर्षीय संगम पौडेल हुन् ।
उनी क्याम्पस नजिकै पोखरा-१९ लामाचौरमा डेरा गरी बस्दै आएको बताइन्छ । बुधबार साँझ ७ बजेर २० मिनेटमा सेतीको ड्याममा मान्छे खसेको सूचना आएपछि सशस्त्र प्रहरी बल, कालीका गण कास्कीबाट उद्धार टोली खटिएको गणका सूचना अधिकारी डीएसपी राजनलाल श्रेष्ठले बताएका छन् ।
चारजना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले उनको शव निकाली पोस्टमार्टमका लागि मनिपाल शिक्षण अस्पताल पुर्याएको थियो ।