अवैध हतियारसहित चारजना भारतीय पक्राउ

धनगढी टुडे समाचार डेस्क

धनगढी, १० माघ । भारतबाट अवैध हतियार ल्याएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका-६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गमा महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाँदै गरेको UK 06 AR 0846 नम्बरको कारमा प्रहरीले खोजतलास गरेको थियो ।

advertisement

गएराति करिब ९:४५ बजेको समयमा भएको चेकजाँचका क्रममा कारका चालक भारत उत्तराखण्डको उधमसिंहनगर जिल्लास्थित खटिमा गाउँका ३४ वर्षीय जीवन सिंह जिमेवालले चलाएको उक्त कारको चालक सिट पछाडि लुकाइएको अवस्थामा हतियार फेला परेको हो ।

चेकजाँच गर्दा “Made by ATAK arms ltd for J.G.S cal.9mm P.A.K., ZORAKI MOD.914, 0615-007619” लेखिएको म्यागेजिन र कभरसहितको पेस्तोल बरामद गरिएको छ । कारमा सवार अन्य तीन भारतीय नागरिकहरू उधमसिंहनगर खटिमाका ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूमाथि थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

advertisement

नेपालबोधबाट