बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

धनगढी टुडे समाचार डेस्क

धनगढी, २६ फागुन । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।

advertisement

हिजो (आइतबार) राति ११ बजेको समयमा खप्तड छेडेदह गाउँपालिका-५ को चिराल्नामा कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका-४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको
ट्याक्टरको ट्रालीमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

advertisement