राजावादी प्रदर्शनमा घाइते भएका एक यूवकको मृत्यु

धनगढी टुडे समाचार डेस्क

धनगढी, १५ चैत्र । शुक्रबार तीनकुनेमा राजावादीहरूको प्रदर्शनले उग्र रूप लिएपछि प्रहरीले चलाएको गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको छ।

advertisement

गृह मन्त्रालयले जनाए अनुसार कीर्तिपुर-४ निवासी २९ वर्षीय सविन महर्जनको उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएलगत्तै मृत्यु भएको थियो।

उनको छातीमा गोली लागेको र अस्पताल आइपुग्दा नै मृत्यु भइसकेको बताए। उनको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको छ। यसअघि प्रदर्शनकारीहरूले तीनकुने क्षेत्रमा निजी घर, सरकारी गाडी, मिडिया र राजनीतिक दलका कार्यालयहरूमा समेत आक्रमण तथा आगजनी गरेका थिए।

advertisement

अर्थ केन्द्रबाट