धनगढीमा सुपथ मूल्य पसलबाट चाडपर्वमा राहत

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, २ अकाेज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल धनगढीमा सञ्चालनमा ल्याएको छ ।

उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सो कार्यालयले सुपथ मूल्यको सहुलियत पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्यको सहुलियत पसलबाट उपभोक्तालाई विभिन्न प्रकारको चामल र चिनीप्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गर्ने कार्य भइरहेको प्रमुख दीपक थापाले बताए ।

उनका अनुसार प्रतिकेजी ६२ रुपियाँ पर्ने अरुवा मोटा चामल ५७ र प्रति केजी ८८ रुपियाँ पर्ने जिरा मसिनो चामल ८३ रुपियाँमा बिक्री भइरहेको छ । २५ केजीको अरुवा मोटा चामल प्रतिबोरा एक हजार ४२५ र जिरा मसिनो चामल प्रतिबोरा दुई हजार ७५ रुपियाँमा उपभोेक्ताले खरिद गर्न पाउने जनाइएको छ ।

यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी १०० रुपियाँ पर्ने चिनी पाँच रुपियाँ छुट दिएर उपभोक्तालाई बिक्री गरिरहेको जनाइएको छ । थापाले कैलालीसहित सुदूरपश्चिम प्रदेशको २८ ठाउँमा चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गरेको जानकारी दिए ।
धनगढी खबरबाट

प्रतिक्रिया

FaceBook Comment Plugins

Leave a Reply

Your email address will not be published. Required fields are marked *