आन्तरिक हवाई भाडादर सार्वजनिक, काठमाडौंबाट धनगढी जान अधिकतम साढे १७ हजार लाग्ने

Avatar
धनगढी टुडे समाचार डेस्क

धनगढी, १७ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ । दशैं, तिहार तथा छठ जस्ता चाडपर्वहरुको समयमा हवाई टिकटको अत्यधिक माग हुनुका साथै सहज उपलब्धता नभई महँगोमा भाडादरमा समेत बिक्री हुन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न भन्दै अधिकतम भाडादर सार्वजनिक गरेको हो ।

नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिइसकेको जनाएको छ । तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।
यो हेर्नुहोस

प्रतिक्रिया

FaceBook Comment Plugins