“द्धन्द्ध पत्रकारिताको एक दशक ” पुस्तक पूर्वप्रधानमन्त्री देउवाद्धारा विमोचन

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, १५ । पत्रकार दीर्घराज उपाध्यायद्धारा लिखित पुस्तक द्धन्द्ध पत्रकारिताको एक दशक पुस्तक विमोचन गरिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व पत्रकारिताको एक दशकु पुस्तक विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै देउवाले लेखक तथा पत्रकार उपाध्यायलाई शुभकामना व्यक्त गरेका छन् ।

advertisement

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कैलालीको आमखैयामा आफूमाथि भएको आक्रमणको घटनाको पनि स्मरण गरेका छन् । उनले भने “ममाथि आक्रमण हुँदा देशमा युद्धविराम थियो । गोली हान्न हुँदैनथ्यो ।” उनले द्वन्दकालको सुरुवात स्मरण गर्दै माओवादीले ४० बुँदे माग गरे पनि वार्ताका लागि तयार नभएको बताएका छन् । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । यसलाई सुदृढ गर्ने र सुधार गर्दै लैजान सकिन्छ । यो पुस्तक भोलिको पुस्ताका लागि अध्ययन सामाग्री हुने बताए ।

पुस्तकका विषयमा बोल्दै नेकपा एमालेका सचिव लेखराज भट्टले द्धन्द्धकालमा सुदूरपश्चिममा ब्यक्ति केन्द्रित हत्या हुन नदिएको र आफू ती घटनाहरुको साक्षि भएको बताएका छन् । उनले द्वन्द्वकालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रमण गर्ने कुनै पनि योजना नभएको जिकिर गरेका छन् । उनले भने त्यो समयमा उपयुक्त रुपमा सही सूचना सञ्चार नहुँदा गलत सूचना फैलिएको देखिन्छ । डोटीको छेडा घटना स्मरण गर्दै उनले भने लगभग २५ जना मारिएका थिए । जसमा ५ जना गाउँलेहरू थिए । बाँकी माओवादी कार्यकर्ता थिए । दुईजना भर्खरका युवतीहरूको बलात्कार गरिएको थियो । त्यो तत्कालीन राज्यपक्षबाट घटाइएको घटना थियो ।

advertisement

पुस्तकका बारेमा चर्चा गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले यो पस्तकले द्वन्द्वकालमा भएका घटनाहरुको दस्तावेजीकरण गरिएको र आगामी दिनको पत्रकारिताका लागि प्रेरणा र अनुसन्धानकर्ताहरुका लागि स्रोत सामाग्री बन्ने बताएका छन् । पुस्तकमाथि टिप्पणी गर्दै पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले यो पुस्तक अहिलेको नयाँ पुस्ताका पत्रकारहरुका लागि उपहार भएको बताएका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार कुन्द दीक्षितले यो पुस्तकले फेरि द्वन्द्वलाई फरि दोहोरिन नदिन यो पस्तक सहयोगी हुने बताएका छन् । उनले भने,यो पस्तक शान्ति पत्रकारिताको अद्भुत नमुना हो । हामीलाई यो पस्तकले द्धन्द्धलाई बर्सिन दिँदैन । आफूलाई मार्न खोज्नेसँग मिलेर सँगै सहभागी हुनु शान्ति प्रक्रियाको सफलता मान्न सकिने वरिष्ठ पत्रकार दीक्षितले बताएका छन् ।

पुस्तकमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार बविता बस्नेतले द्वन्द्वकालमा भएका घटनाहरुको फेहरिस्त भएको बताएकी छन् । उनले भनिन् द्वन्द्वकालमा कसरी रिपोर्टिङ गरियो र कस्तो समयबाट नेपाली पत्रकारिता गुज्रिएर यहाँसम्म आइपुग्यो भन्ने बुझ्न यो पुस्तक सहयोगी हुनेछ।पस्तकका लेखक उपाध्यायले यो पुस्तक द्वन्द्वकालमा नेपाली पत्रकार र आमसञ्चार जगतले जे भोग्यो त्यो समयको दस्तावेज भएको बताएका छन् । यो पुस्तक सम्म बुक्स पब्लिकेसनले प्रकाशन गरेको हो ।