धनगढी, ८ माघ । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई निष्कासन गरिएको पुष्टि अध्यागमन विभागले गरेको छ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार ती ९० जना निष्कासित नेपालीहरू चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका हुन्। हालसम्म अमेरिकाबाट ४ सयभन्दा बढी नेपाली नागरिकलाई निष्कासन गरिएको उनले जानकारी दिए।
निष्कासित हुनेहरूमा अमेरिकामा बसोबास र काम गर्न आवश्यक वैध कागजात नभएका तथा अध्यागमन कानुन उल्लङ्घन गरेको पाइएका व्यक्तिहरू रहेका छन्।
उक्त घटनाबारे नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ। ब्युरोले यदि कोही मानव बेचबिखनको शिकार भएको भए उजुरी दिन निष्कासित व्यक्तिहरूलाई आग्रह गरेको छ।
आवश्यक अनुसन्धान पूरा भएपछि उनीहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाइने ब्युरोले जनाएको छ।
dineshkhabar

प्रतिक्रिया
FaceBook Comment Plugins