भारतको हिमाञ्चल प्रदेशमा वर्षा र पहिरो जाँदा हाहाकार मच्चिएको छ

सुमन श्रेष्ठ

धनगढी । भारतको हिमाञ्चल प्रदेशमा वर्षा र पहिरो जाँदा हाहाकार मच्चिएको छ। प्रदेशभर भारी वर्षाको कहर जारी छ। उत्तराखण्डमा पनि वर्षाले जनजीवन अस्तव्यस्त भएको छ।

advertisement

हिमाञ्चलको सोलनमा अति वर्षाको चपेटमा परेर सात जनाको मृत्यु भएको छ। सिमलामा शिव मन्दिर पहिरोमा पुरिएको छ। त्यहाँ ४० जना पुरिएको र तीन जनाको शव बरामद गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

वर्षाले सडक अवरुद्ध भएका छन्। सिमलाको समरहिल क्षेत्रमा रहेको शिव मन्दिर पहिरोमा दबिएको हो। पहिरोमा ४० जना भक्तजन पुरिएको र उनीहरुको खोजि भइरहेको प्रहरीले जनाएको छ। सोलनमा भने सात जनाको मृत्यु भएको छ।

advertisement

हिमाञ्चलमा सोमवार कम्तिमा पनि २० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ