लखनऊद्वारा आरसिबी २८ रनले पराजित

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, २१ चैत्र । इन्डियन प्रीमियर लिग (आईपीएल ) मा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी ) माथी सहज जीत निकालेको छ । मंगलबार राति भएको खेलमा लखनउले आरसिबीलाई २८ रनले हराएको छ ।

advertisement

जितका लागि १ सय ८२ रन पछ्याएको आरसिबी १९.४ ओभरमा १ सय ५३ रन मात्रै बनाउन सक्यो ।

आरसिबीका लागि महिपालले आक्रमक पारी खेल्दैसर्वाधिक १३ बल्लमा ३३ रन जोडे । रजत पाटिदारले २९ रन र विराट कोहलीले २२ रन बनाए ।

advertisement

मयन्क यादवले लखनऊका लागि १४ रन खर्चेर तीन विकेट लिए । यादव नै ‘प्लेयर अफ द म्याच’ रहे । त्यस अगाडि लखनऊले पाँच विकेटमा १ सय ८१ रन बनाएको थियो ।