धनगढी बजारमा आगलागी हुँदा अस्पतालसहित ८ वटा पसलमा क्षति

धनगढी टुडे समाचार डेस्क

धनगढीः धनगढी बजारमा भिषण आगलागी भएको छ। धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको हो। धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति करीब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

advertisement

विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कुल्दीप चन्दले जानकारी दिए। स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासी विद्युत सर्ट भएर आगलागी भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) देबेन्द्र पालले बताए।
तार सर्ट भई आगलागी हुँदा निम्न पसल तथा अस्पतालमा क्षति भएकाे छ।

१) दल ब.भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोर एण्ड सु-सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम)
२) टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप(बेवी सपको गोदाम)
३) बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर(ब्याग हाउस)
४) जगत बहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ् सेन्टर (कपडाको गोदाम)
५) यसोदा साउदले संचालन गरेको न्यु सदिक्क्षाद(कपडा,जुत्ता,व्यागको गोदाम)
६) गौरी भण्डारीले संचालन गरेको भण्डारी सु –सेन्टर(जुत्ता चप्पलको गोदाम)
७) सारथी अस्पताल कैलाली
८) जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स (व्याग हाउस

advertisement

एसपी पालका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए। आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो। आगलागीबाट सारथी अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ। क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।