यू-१९ कप संयुक्त अरब इमिरेट्स (दुबई)मा आजदेखि सुरू हुन लागेको हो।
नेपालले आज पाकिस्तासँग खेल्नेछ। बिहान ११:१५ बजे दुबईको आइसिसी एकेडेमी ओभल-२ मा नेपाल पाकिस्तानविरूद्ध मैदान उत्रिने छ।
अर्को खेल भारत र अफगानिस्तानबीच हुनेछ।
समूह ‘ए’ मा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान छन् । समूह ‘बी’मा युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।
यू–१९ एसिया कपको आठ पटक विजेता भारत र एक पटक विजेता पाकिस्तान एकै समूहमा रहेकाले नेपालका लागि चुनौतिपूर्ण रहनेछ।
नेपालले दोस्रो खेल अफगानिस्तानसँग मंसिर २४ र समूहको अन्तिम खेल भारतसँग मंसिर २६ मा खेल्नेछ।
समूहका दुई शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुस १ मा हुनेछ।
नेपालले सन् २०२४ को जनावरीमा दक्षिण अफ्रिकामा यू-१९ विश्वकप खेल्दैछ। त्यसअघि नेपालले एसिया कप खेल्न लागेको हो। नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।