काठमाडौँ, १४ जेठ । इन्डियन प्रिमियर लिग (आईपीएल)को
उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको हो ।
हैदरावादले दिएको ११४ रनको सामान्य लक्ष्य कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
कोलकाता वेंकटेश अय्यरले अविजित रहँदै सर्वाधिक ५२ रन बनाए । त्यस्तै रहमानउल्लाह गुरबाज ३९ र सुनील नारायण ६ रनमा आउट हुँदा कप्तान श्रेयस अय्यर ६ रनमा अविजित रहे । हैदरावादका प्याट कमिन्स र शाहबाज अहमदले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदरावादले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनमात्रै बनाउन सक्यो ।
हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन बनाए।
त्यस्तै एडन मारक्रम २०, हाइनरिक क्लासन १६ र नितीशकुमार रेड्डी १३ रनमा आउट भए। आन्द्रे रसेलले सर्वाधिक ३ विकेट लिए। २.३ ओभर बलिङ गरेका उनले १९ रन खर्चिए।
मिचल स्टार्क र हर्षित राणाले २/२ विकेट लिए। यस्तै, वैभव अरोडा, सुनील नारायण र वरुण चक्रवर्तीको नाममा १/१ विकेट लिए ।