बालकुमारी घटनाको विरोध गर्दै धनगढीमा प्रदर्शन

धनगढी टुडे समाचार डेस्क

ललितपुरको बालकुमारीमा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको विरोधमा धनगढीमा आइतबार दिउँसो प्रदर्शन गरिएको छ । मृतकका आफन्तले आइतबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

advertisement

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको हो । अछामका शाहका आफन्त पनि आइतबार धनगढीको प्रदर्शनमा सहभागी थिए ।

धनगढी चौराहादेखि निकालिएको विरोध र्‍याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, गोली चलाउन आदेश दिने अधिकारीलाई कारवाही गर्नुपर्ने लगायतका मागसहित उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

advertisement