शैक्षिक स्तर सुधारका लागि काठमाडौँ विश्वविद्यालय र धनगढी उप-महानगरपालिकाबिच सहमति

धनगढी टुडे समाचार डेस्क

गुणस्तरीय तथा समावेशी शिक्षाका लागि काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन र धनगढी उप-महानगरपालिकाबिच सहमति भएको छ । पाँच वर्षमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आज दुई संस्थाबिच सहमति भएको हो ।

advertisement

काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशनले सिपिइसि युनिट मार्फत कार्यक्रमलाई कार्यान्वयन गर्ने छ । कार्यक्रमको सुरुवातमा सिपिइसि युनिटले धनगढी उप-महानगरपालिका अन्तर्गतका विद्यालयहरूमा अध्ययन गरि आवश्यकता पहिचान गर्ने छ । उक्त आवश्यकता पहिचानको आधारमा आगामी पाँच वर्षका लागि कार्यक्रमको कार्ययोजना तयार गरि लागु गरिने विश्वविद्यालयले जनाएको छ । कार्यक्रमलाई पहिलो वर्षमा पाँच वटा विद्यालयहरू छनौट गरि कार्यक्रम कार्यान्वयन गरिने र सम्झौता अवधिभरमा उप(महानगरपालिकाका सबै विद्यालयमा कार्यान्वयन गरिने सहमतिमा उल्लेख छ ।

सम्झौता पत्रमा काठमाडौँ विश्वविद्यालयका तर्फबाट स्कुल अफ एजुकेशनका डीन प्रा.डा.बालचन्द्र लुइटेल र धनगढी उप-महानगरपालिकाका तर्फबाट नगर प्रमुख गोपाल बहादुर हमालले हस्ताक्षर गरी कार्य अगाडि बढाउनका लागि पूर्णत दिइएको छ । सम्झौताको क्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, स्कुल अफ आर्टस्का डीन इकुमाया पुन लगायत स्कुल अफ एजुकेशनका विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

advertisement

(शिक्षा सन्सार)