कैलाली भिजन बोडिङ स्कुल गौरीगंगा-६ कैलालीको १९औँ वाषिर्कोत्सव सम्पन्न

धनगढी टुडे समाचार डेस्क

कैलाली भिजन बोडिङ स्कुल गौरीगंगा-६,कठौतिया,कैलालीको १९औँ वाषिर्कोत्सव विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

advertisement

स्कुलका प्र.अ. ध्वज बहादुर बोगटीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि गौरीगंगा नगरपालिका नगर प्रमुख देबिदत्त कँडेल रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि वडा अध्यक्ष टेक बहादुर कुँवर रहनु भएको थियो।

advertisement

अन्य अतिथिहरुमा जुपिटर एकेडेमीका प्र.अ.मनिराम धामी, बिणा विद्या मन्दिरका प्र.अ.दल बोगटी,बअमर मा.बि.का व्यवस्थापन समिती अध्यक्ष टिकारम शर्मा, गौरीगंगा नगर स्तरीय मेलमिलाप संयोजक हेमन्त राज जोशी (बाजे), समाजसेबी तिलक महत लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा विद्यालयद्वारा आयोजित विभिन्न विद्या हाजिरीजवाफ, दौड, कबडी, फुटबल खेलमा उत्कृष्ट छात्र-छात्राहरुलाई पुरस्कार र लामो समय देखि विद्यालयमा अध्यापन गराउदै आउनु भएका शिक्षक देबेन्द्र बिकलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुखद्वारा गुणस्तरीय शिक्षाका लागि अभिभावक विद्यार्थी शिक्षकले ईमान्दार भइ आ-आफ्नो क्षेत्रबाट काम गर्न आग्रह गर्नु भयो।

साथै विद्यालयमा अध्ययनरत गरेका पूर्व विद्यार्थी राहुल नेपालीलाई पढाईमा सहजता होस भनेर रु.१ लाख रकम नगरपालिकाले दिने घोषणा गर्नु भएको छ। साथै सो विद्यालयमा अध्यापन गराउनु हुने शिक्षक तथा विद्यार्थीहरुबाट संकलित रकम रु.२५ हजार राहुल नेपालीलाई प्रदान गरिएको छ । २०६३ सालमा स्थापित यो विद्यालय ८ कक्षा सम्ममा रहेको र करिब ५१० जना विद्यार्थी अध्ययनरत छन।

विद्यालयका शिक्षक पूर्ण बम ज्युले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रमको संचालन शिक्षक महेश जोशीले गरेका थिए।