धनगढी, १७ चैत्र । पौडेल वंश महासंघ सुदूरपश्चिम प्रदेश समितिको दोस्रो अधिवेशन (आज) शनिवार कैलालीको मसुरियामा सम्पन्न भएको छ । अधिवेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ ।
अधिवेशनले वीरबहादुर पौडेलकाे अध्यक्षतामा नौ सदस्यीय प्रदेश समिति चयन गरेको छ । उपाध्यक्षमा पदम पौडेल, सचिवमा घनश्याम पौडेल, कोषाध्यक्षमा धर्मराज पौडेल चयन हुनुभएको छ भने सदस्यहरुमा कृपा राम पौडेल,गगन पौडेल,निरन्जन पौडेल,हेमा पौडेल र जमुना पौडेल चयन हुनुभएको छ ।
अधिवेशनको प्रमुख अथिती पौडेल वंश समाज महासंघका केन्द्रीय अध्यक्ष प्रेमनारायण पौडेल रहनु भएको थियो । कार्यक्रममा केन्द्रीय वंशावली संयोजक प्रा.डा. कृष्ण प्रसाद पौडेल, केन्द्रीय काेषाध्यक्ष युवराज पौडेल, सल्लाहकार बिष्णुभक्त पौडेल लगायतले आफ्नो मन्तब्य राख्नु भएको थियो । कृष्णभक्त पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन केन्द्रीय सद्स्य शिव पौडेलले गर्नु भएको थियो ।