काठमाडौं, २० चैत्र । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात पारेको छ ।
सोमबार राति मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको पाँच पटकको विजेता मुम्बईले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १२५ रन मात्र बनाउन सक्यो ।
१२६ रनको सामान्य लक्ष्यसहित मैदान उत्रेको राजस्थाले निर्धारित ओभरमा २७ बल बाँकी छदै ४ विकेट गुमाएर जित हासिल गर्यो ।
राजस्थानका लागि रियान पराग नट आउट रहँदै सर्वाधिक ५४ रन बनाए ।
जितसङ्गै राजस्थान अङ्क तालिकाको शिर्ष स्थानमा उक्लेको छ भने हालसम्म ३ खेल खेलेको मुम्बई अङ्क तालिकाको अन्तिममा रहेको छ।
आजको खेल रोयल च्यालेन्जर ब्याङ्गलोर र लखनउ सुपर ज्यान्सले साझ ८ बजे हुनेछ ।