घरमै श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला

धनगढी टुडे समाचार डेस्क

नेपालगन्ज, १९ चैत्र । बाँकेको खजुरा गाउँपालिकामा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।

advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो घरमा कोही नभएको र श्रीमान श्रीमती मात्रै रहेको बेला सो घटना भएको पाइएको छ ।

प्रहरीका अनुसार खजुरा-३ बि गाउँका अन्दाजी २५/२६ वर्षका श्रीमान महेन्द्र रावत र उनकी श्रीमती गितासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटिएको अवस्थामा भेटिएका हुन् ।

advertisement

गम्भीर अवस्थामा रहेका दुबैजनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएको थियो ।

उनीहरु दुबैको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले नेपालगन्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ । उनीहरुको उपचार नेपालगन्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले घटना रहस्यमय रहेको बताउनुभयो । उहाँका अनुसार दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि वा उनीहरुलाई कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको बताए ।