एसीसी प्रिमियर कप : आज नेपालले मलेसियासङ्ग खेल्दै

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, ३० चैत्र । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियासङ्ग खेल्नेछ । ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुने छ ।

advertisement

एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।

प्रिमियर कपमा नेपाल समुह `ए´ मा रहेको छ । समुह ´ए` मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समुह `बी´ मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् ।

advertisement

प्रतियोगिताको विजेताले २०२५ मा हुने टि-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिलमा १५ हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियासँग खेल्ने छ । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराह्न ४:१५ बजेदेखि शुरु हुने छन् ।

नेपालको टिममा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, सन्दिप जोरा, गुलशन झा, करण केसी, प्रतिस जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, अनिल साह र आशिफ शेख रहेका छन्।