काठमाडौँ : भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भारत र अष्ट्रेलियाबीच खेल भइरहेको छ।
चेन्नईमा भइरहेको खेलमा टस जितेर अष्ट्रेलियाले ब्याटिङ रोजेको थियो। ४९.३ ओभरमा अलआउट भएको अष्ट्रेलियाले भारतलाई २ सय रनको लक्ष्य दिएको छ।
अष्ट्रेलियाका लागि स्टेभन स्मिथ सर्वाधिक ४६ रन बनाए। डेभिड वार्नरले ४१, मिचेल स्टार्कले २८, मार्नस लाभुसचानेले २७ र ग्लेन म्याक्सवेल र प्याट कमिन्सले समान १५ रन बनाए।
बलिङतर्फ भारतका रवीन्द्र जडेजाले सर्वाधिक तीन विकेट लिए। जसप्रित बुमराह र कुलदीप यादवले समान २-२ विकेट लिँदा मोहम्मद सिराज, हार्दिक पाण्ड्या र रवीचन्द्रन आश्विनले १/१ विकेट हात पारे।
जारी विश्वकपमा भारत र अष्ट्रेलिया दुबैको यो पहिलो खेल हो |