वेस्टइन्डिज ‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौतीपूर्ण लक्ष्य

धनगढी टुडे समाचार डेस्क

काठमाडौं, १४ बैशाख । आजदेखि सुरु भएको नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’को पहिलो खेलमा नेपालले २०५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०४ रन बनायो ।

advertisement

वेस्टइन्डिजका लागि कप्तान रोस्टन चेजले सर्वाधिक ७४ रन बनाए । उनले उक्त रन ९ चौका र दुई छक्काको मद्दतले बनाएका हुन् ।

यस्तै एलिक अथानाजले ४७ बनाउँदा केसी कार्थीले ३८, कदीम अलाइनीले १४ तथा आन्द्रे फ्लितचरले १३ रन बनाए ।

advertisement

नेपालका लागि कमलसिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अभिनास बोहोराले एक/एक विकेट लिए । टस जितेर नेपालले पहिला फिल्डिङ रोजेको थियो ।