काठमाडौं, २५ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंग्लोर (आरसिबी) माथि ६ विकेटको सानदार जित हात पारेको छ । १८४ रनको लक्ष्य पछ्याएको राजस्थानले ओपनर जस बटलरको शतकमा १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
राजस्थानको जितमा जस बटलर सर्वाधिक १०० रनमा अविजित रहे । कप्तान संजु स्यामसन ६९ रन बनाए ।
आरसिबीका रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आरसिबीले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । विराट कोहली ११३ रनमा नटआउट रहेपनि जित्नका लागि रन पर्याप्त रहेन । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए ।
राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिए ।
आज सुपर सन्डे अन्तर्गत दुई खेल हुनेछ । पहिलो खेल मुम्बई र दिल्ली बिच हुनेछ भने दोस्रो खेल गुजरात र लखनउ बिच हुनेछ ।