धनगढीः, ३ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।
बिहीबार दिउँसो उनले प्रदेशसभाबाट विश्वासको पाएका हुन् । प्रदेशसभामा उपस्थित २८ जना सांसदहरूमध्ये पक्षमा २८, विपक्षमा र तटस्थमा शून्य शुन्य मत परेको सभामुख भीमबहादुर भण्डारीले बताए ।
५३ सदस्यीय प्रदेश सभामा, बहुमतका लागि २७ मत आवश्यक पर्छ । नेकपा एमालेको ११, माओवादी केन्द्रको १०, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र सांसद डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।
हाल प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक-एक सदस्य छन् ।
कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर निस्केका थिए ।