धनगढीमा दुई दिने निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन हुने

धनगढी टुडे समाचार डेस्क

धनगढी, १० जेठ । कैलालीको धनगढीमा दुई दिने निःशुल्क क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ । धनगढी उपमहानगरपालिका र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको समन्वयमा क्यान्सर परीक्षण शिविर सञ्चालन हुन लागेको हो ।

advertisement

जेठ ११ गते धनगढी-१२ को नवदुर्गा आधारभूत विद्यालय र १२ गते धनगढी-११ को सहरी स्वास्थ्य केन्द्र घोडसुवामा शिविर सञ्चालन हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ । साथै शिविरमा अन्य क्यान्सरको चेकजाँच र परीक्षण गरिने छ । ३० वर्ष माथिका महिलाहरुको पाठेघरको सम्भावित क्यान्सरको निःशुल्क चेकजाँच हुने समेत उपमहानगरपालिकाले जनाएको छ ।

advertisement