:- कलावती उपाध्याय
धनगढी, कैलाली
घच्घच्याउँछ
बेला बेला
आफ्नै तनले
कहिलेकाहिँ आफ्ना जस्तो देखिने आफन्तले
यो मनलाइ
सोधिरहन्छ उहि प्रश्न
जसको प्रशस्त जवाफ छ
जहाँतहिँ
तर पनि आवाज बिहिन
देखिरहन्छ
ए!
के बितिरहेछ तेरो मनमा?
हावा त त्यति बेगले चल्दैन होला
कुनै बेला त्यति बेगले उडिरहन्छ
पत्थर त्यति शान्त छैन होला
त्यति स्थिर भैदिन्छ कुनै क्षण
हुँदै नभएका कल्पना
पाउन असम्भब चिज
सुन्न नसकिने आवाज
हेर्न नसकिने बस्तु
बिताउन नपाइने समय
अरे कता कता पुग्छ यो मन
स्वयम जानकार छैन आफ्नै शरिर
ए मनुष्य फेरि किन सोधेको
उहि प्रश्न
भारी भए बस्थ्यो होला र बताउने थिएँ
उत्तर आफैँ खोज न
के अपेक्षा गर्नु
बिना गन्तब्य उडिरहेको
रित्तो मन संग? ? ? ? ?