✍️✍️सुमन धमला
सिद्धिचरण नगरपालिका १० ओखलढुङ्गा
बालेन !
तिमी राजनीतिमा आए देखि,
सबै जनताको मन मुटुमा तिम्रो
तस्बिर छाए देखि,
दबाएका मुद्दा यहाँ पुनः तिमीले
चलाए देखि ,
पार्टीका नेताहरुको निन्द्रा हराउने
अवस्था तिमीले ल्याए देखि,
तिमीलाई भन्न मन लाग्छ
बालेन तिमी त अपराधी हौ !
कहिले भन्छौ सिंहदरबारमा आगो लाउँछु ।
फोहोर राजनीति नसुध्रिए अब यहाँ
बालुवाटार,सिंहदरबार फोहोर फाल्ने डम्पिङ बनाउछु।
जनतालाई सेवा गर्ने नियत तिम्रो सधैं ,
त्यसैले भन्छैाँ बिरामी हुदा काठमाण्डौ
आउनुस् निःशुल्क उपचारको व्यवस्था मिलाउ छु ।
कहिले भन्छाैँ अव्यवस्थित पार्किङ
हटाई निःशुल्क पार्किङ बनाउँछु ।
कहिले भन्छौ पालिका पालिकामा एम्बुलेन्स पठाउछु ।
हो त्यसैले तिमीलाई भन्न मन लाग्छ बालेन
तिमी अपराधी हौ !
जनतालाई कुनै समस्या पर्दा,
संघीय सरकार भन्दा पनि पहिला पुग्छाैँ ।
जनताका समस्यालाई भन्छौ रे म एक हातले छेक्छु ।
कुनै कार्यक्रममा देशको प्रधानमन्त्री,राष्टपति सँगै हुँदा जनताले तिम्रो नामको नारा लगाउँछन् एउटै शब्द भन्छन् बालेन आऊ देश बचाउ हो यो सबै सुने,देखें पछि भन्न मन लाग्यो बालेन
तिमी त अपराधी हौ !
कोशीको सोलुमा पहिरो गयो
संघीय सरकारकानमा तेल हालेर बस्यो।
तिम्रा सहयोगी हातअघि बढे सुदूरमा समस्या पर्यो तिमी नै पुग्छौं ।
कर्णालीमा पनि पुगेकै छौं तिमी
एउटा काठमाण्डौ महानगरको मेयर भएर पुरै,
देशको चिन्ता किन गरेको हो सोच्छु
त्यसैले भन्छु बालेन तिमी त अपराधी हौ !