धनगढी १८, भदौ । धनगढीका युवा पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्धन्द्ध पत्रकारिताको एक दशक’ नामक पुस्तकबारे प्रेस क्लव धनगढीमा लेखकसंग संवाद कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सुदुरपश्चिमको धनगढीबाट अढाई दशक देखि नेपाली पत्रकारितामा लागिपरेका युवा पत्रकार उपाध्यायद्वारा लिखित ‘द्धन्द्ध पत्रकारिताको एक दशक’ नामक पुस्तक गत सात गते काठमाडौंमा विमोचन गरिएको थियो ।
पत्रकारितामा उच्च दखल राख्ने उपाध्याय पश्चिम टुडे पत्रीकाका साथै पश्चिम टुडे एफ.एम. का प्रवन्ध निर्देशक समेत हुन । पत्रकारिताकै क्रममा उनले एउटा सक्रीय संवाददाताका रुपमा सशस्त्र द्धन्द्धको पुरै अवधिमा देखेभेगेका क्षणहरुलाई समेटेर नेपाली पत्रकारितामा नयाँ आयाम दिने उद्धेश्य सहित सो पुस्तक जन्म भएको बताए ।
माओवादी द्धन्दको पहिलो पहलमानपुर घटना आमसभाको रिपोटीङका समयमा पत्रकारमाथि भएको त्यो दमन जुन दमनमा स्वाच्छ पत्रकारिता पेशामा आवद्ध पत्रकारको जिवनमा जसरी माओवादी द्धन्दको त्यो समय आगो ज्वाला बनेर दन्किए त्यसरी नै कैलालीको पत्रकारिता र पत्रकार माथि ठुलो असर पर्यो । कति मारिए ! कति अंग भंग भए ! कति विस्थापित भए ! कति बेपता भए त कति पत्रपत्रिका बन्द भए ! त्यस बेलाको पिडालाई सम्झना स्वरुप कैलालीका पत्रकार र पत्रकारिताबारे आफु मात्र नभई सिंगो कैलालीको पत्रकारिता क्षेत्र नै साक्षि रहेको उनले बताए ।
उनले “यो पुस्तक व्यक्तिगत संस्मरण मात्रै नभएर यसले नयाँ पुस्तालाई द्धन्द्धग्रस्त नेपालको पत्रकारिता कस्तो थियो भन्ने सम्झना ऐनामा उतारिएको जस्तै स्पष्ट रहेको” बताए । सुदरपश्चिमा द्धन्दकालीन अवस्था कस्तो थियो र सुदुरपश्चिमका पत्रकारले कस्तो समस्या भोगेका थियो भन्ने बारे मात्र नभई विगतमा दिनमा अग्रज पत्रकारले द्धन्द पत्रकारितामा भोग्नु त्यो पिडा र समस्या झल्किने एक गरी यो पुस्तक प्रकाशन भएको बताए ।
मुलुकमा भएको १० वर्षे माओवादी द्वन्द्वको साक्षी र इतिहासका रुपमा रहेको पुस्तकमा घटनाको तिथि, मिति, स्थान, संलग्न व्यक्ति र भोगाइबारे सविस्तार समेटिएको छ । सङ्गम बुक्स पब्लिकेसन प्रालिद्धारा प्रकाशित १५४ पृष्ठको सो पुस्तकमा भुमिका सहितको टिप्पणी रहेको उक्त पुस्तकले सिङ्गो सुदुरपश्चिममाका मात्र नभई नेपाली पत्रकारिताको इतिहासको रुपमा रहेने उपाध्यायले जनाएका छन् ।
पुस्तकमा बिथोलिएको माओवादी आमसभा, पण्डौनले व्यहोरेको युद्ध, मुद्धा शान्तिमा बनबेहडा,सैन्य क्याम्पमा चार रात, आँखामा कैद आक्रमण, एफएम लुटिएको रात, निर्दोष मारिएका दुई घटना, न्यायको अपूरो लडाई, धम्कीले नडगेको कलम, बम गोलीसँग अभ्यस्त, कहिले मिल्ला न्याय, पत्रकारको सङ्घर्ष, देउवामाथिको त्यो आक्रमण लगायत शीर्षकमा त्यस बेलाको द्वन्द्वसम्बन्धीका २४ घटनाहरु समेटिएका छन् ।