काठमाडौं, ६ असोज । विश्वकप लिग-२ अन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक ओडीआई सिरिजको तेस्रो खेलमा आज नेपालले घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुनेछ ।
लगातारको दोस्रो हार भोगेको नेपाल दबाबमा छ । पहिलो खेलमा क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको थियो ।
क्यानडासँगको पहिलो खेलमा नेपालले अत्यन्त कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । ओमान विरूद्धको खेलमा प्रशिक्षक मोन्टी देसाईले टिममा तीन परिवर्तन गरे । तर, नेपालले सो खेलमा पनि जित दर्ज गर्न सकेन । पहिलो खेलमा लिग २ मा क्यानडासँग भोगेको लज्जास्पद हारको बदला लिनुपर्ने दबाबसँगै चुनौती नेपाललाई रहेको छ । किनकी ६ खेलमा नेपालले मात्र एक खेल जितेर २ अंक मात्र बनाएको छ ।